भैल प्याखँ
मध्यपुर थिमि, भदौ १७। भक्तपुरको मध्यपुर थिमि चपाचो क्षेत्रबाट बुधबार बिहान गाईजात्राका अवसरमा प्रदर्शन गरेको ऐतिहासिक थिमि भैल नाच । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म प्रत्येक रातिदेखि बिहानसम्म थिमिको चपाचो, गुङ्गचिभा, हातिमहाकाल, दिगुटोल, ईनायलाछी, मरूटोल बालकुमारी, नासननिलगायतको क्षेत्रमा विभिन्न बाजाााजासहित नाच प्रदर्शन गरिन्छ ।
यस्तै भक्तपुरको मध्यपुर थिमि-७ नगदेशमा तीन दशक भन्दापछि वापिज्या प्याखँ (रोपाइँ नाच) प्रदर्शन गर्दै स्थानीय। गाईजात्राको भोलिपल्ट राति नगदेशको लाछी र छ्वाश्व टोलमा दुई दिन राति प्रदर्शन गर्ने परम्परा रहेको छ ।

यस्तै सोही स्थानमा कपाय फेने (चर्खा काट्ने) प्याखँ प्रदर्शन गर्दै स्थानीयवासीले गाईजात्राको भोलिपल्ट राति नगदेशको लाछि र छ्वाश्व टोलमा दुई दिन राति प्रदर्शन गर्ने परम्परा रहेको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस

