काठमाडौं, भदौ १९। रसुवाको हिमपहिरो सहितको बाढीको महाविपत्तिमा फसेका त्रिशुली ३ ए जलविद्युत परियोजनाको टनेलबाट नेपाली सेनाले आज भर्खरै एक जनाको जीवितै उद्दार गर्न सफल भएको छ।
नेपाली सेनाले फेसबुक पेजमा यो जानकारी सार्वजनिक गर्दै एक व्यक्तिको उद्दार गरेको भिडियो पनि सार्वजनिक गरेको छ।
उहाँहरु दुवै जनालाई अहिले उपचारका लागि काठमाडौं ल्याउँदै गरिएको छ ।
उद्दार गरिएका व्यक्तिको थप विवरण भने प्राप्त हुन बाँकी रहेको छ।
