स्वयम्भूमा नरा पञ्जरा
काठमाडौं, भदौ २७ । दान मध्यकै ठूलो दानको रुपमा लिईन्छ पंचदान । यस वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन करिब २४ वर्षपछि निजी स्तरमा स्वयम्भूमा ऐतिहासिक नरॅा पञ्चदान सम्पन्न भएको छ ।
यस पवित्र पञ्चदानका दाता तथा आयोजक श्री पूर्ण काजी ज्यापू, थंहिती, हाल चमती, काठमाडौं हुनुहुन्छ। उहाँको श्रद्धा, उदारता र धार्मिक परम्पराप्रतिको समर्पण प्रशंसनीय छ।
यस अवसरमा बुद्धाचार्य, वज्राचार्य तथा शाक्य समुदायका सम्पूर्ण गुरुज्यूहरू श्रावण त्रयोदशीका दिन चमतीस्थित नेवा: छेंमा रहेको दानशालामा उपस्थित भई नरॅा पञ्चदानमा सहभागी भई दान ग्रहण गर्नुभयो।

करिब २४ वर्षपछि निजी स्तरमा ऐतिहासिक नरॅा पञ्जरॅा (पञ्चदान)भएको छ ॥ दान मध्यकै ठूलो दानको रुपमा लिईन्छ नरॅा पञ्चदान लाई र नेवा: बौद्ध समुदायमा अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो पञ्चदान ।
नरॅा पञ्चदानका लागि स्वयम्भू महाचैत्यबाट स्वयम्भू भगवानको प्रतिमूर्ति ल्याउनु पर्ने भएकाले भक्तजनहरु स्वयम्भू महाचैत्य पुगेका थिए ।
नेवा: बौद्ध समुदायमा अत्यन्त महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो पंचदान ।
यस वर्षको पञ्चदान अझ विशेष र ऐतिहासिक भएको छ। निजी स्तरमा नरॅा पञ्चदान यसअघि वि.सं. २०५९ सालमा अन्तिम पटक आयोजना भएको थियो।
त्यसपछि करिब २४ वर्षको अन्तरालपछि यस वर्ष पुनः नरॅा पञ्चदान चमतीमा हुदैछ ॥त्यसैले यो पञ्चदान धार्मिक दृष्टिले मात्र नभई हाम्रो जीवित सांस्कृतिक परम्परा र सम्पदा संरक्षणका दृष्टिले पनि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
यस पवित्र पञ्चदानका दाता तथा आयोजक श्री पूर्ण काजी ज्यापू, थंहिती, हाल काठमाडौंचमतीस्थित नेवा: छेंमा रहेको दानशाला बाट नरॅा पञ्जरॅा(पञ्चदान) गरियो ।

स्वयम्भू महाचैत्यको पश्चिम दिशा फर्केको भगवान अमिताभ बुद्धले पंचदानका दिन दिपंकर बुद्धको रुप धारण गर्ने भएकाले बर्षमा एक पटक पंचदान पर्वको अवसरमा बिशेष पोशाष लगाई दिने गरिन्छ।
२४ बर्ष पछि मनाईएको नरॅा पंजरॅा (पंचदान) का लागी ल्याईएको स्वयम्भू भगवान लाई यथा स्थानमानै फर्काईयो ।
.महिना दिन अघिबाट दान धर्म गरी मनाउॅदै आएको गॅुला पर्व पनि आजै समापन भएको छ ।
भक्तपुरमा पञ्चदान
कुशे औशी (बुबाको मुख हेर्ने दिन) को दुई दिन अगि अर्थात भाद्र कृष्ण त्रयोदशीको दिन भक्तपुरमा बौद्ध परम्परा अनुसार ठूलो दानपर्व हुने गर्दछ । जसलाई पञ्चदान वा पंजारा भनिन्छ । त्यस्तै माघ १ गतेका दिनलाई सम्यक महादान भनिन्छ । यस दुईदिन भक्तपुरमा रहेका पाँचवटै दिपंकर बुद्धहरुलाई नगर परिक्रमा गराईन्छ ।

यस वर्ष पनि दीपंकर बुद्धको नगर परिक्रमाका क्रममा भगवान दिपंकर बुद्धलाई विभिन्न स्थानमा पूजा गरियो । यसरी पूजा गर्ने स्थानहरु मध्ये एक हाल न:पुखुको पूर्व ईताछें आउने बाटोमा ठूलो ढुङ्गा रहेको स्थान पनि हो । उक्त ढुङ्गालाई भक्तपुर प्रवेश द्वारको रुपमा लिइन्छ । यस स्थानमा पहिले ध्वाका थियो भने गरिन्छ ।

लिच्छविकाल तथा मल्लकालमा भक्तपुरलाई सुरक्षित बनाउन भक्तपुरका विभिन्न दिशामा प्रवेशद्वार बनाएर चारैतिर अग्लो पर्खालले घेरिएका थियो । ती ध्वाकाहरुमा ईन्द्रायणी पिठ जाने स्थानमा रहेको खौमा ध्वाका र बाराहीस्थानमा जाने माकचो ध्वाका हाल सम्म अस्तित्वमा रहेको छ ।
यसका साथै पूर्वमा च्याम्हसिंह ध्वाका, पश्चिममा भार्वाचो ध्वाका, उत्तर तर्फ महाकाली ध्वाका, दक्षिणमा भेलुख्य ध्वाका बनाइएको थियो । त्यस्तै उत्तर पूर्वमा मुलध्वाका, दक्षिण पूर्वमा वाचुत्व ध्वाका, दक्षिण पश्चिममा माकचो ध्वाका र उत्तर पश्चिममा ब्यासी ध्वाका बनाएको थियो । यस बाहेक सुगलध्वाका, लास्कु ध्वाका, ईटाछे ध्वाका, भः ध्वाका गरि विभिन्न ध्वाकाहरु बनाइएको थियो ।
यस्तै दीपंकर बुद्ध मूर्तिलाई बनेपा र नालामा पनि परिक्रमा गराई पञ्चदान सम्पन्न गरिएको छ।

