काठमाडौँ ३० भदौः काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ ।
ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिलाजन ठूलो सङ्ख्यामा पूजाअर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो ।
प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडाँै महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ ।
मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदास्थलसमेत सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गरेको छ ।
पञ्चमीको पूजा गर्न आउने भक्तजनको सहजता र सुविधाका लागि वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग मन्वय गरेको जनाइएको छ ।
