धरमपुरको लुमढी
काठमाडौं, भाद्र ३० ।
डठुगाउँका न्हुच्छे महर्जनका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ मा अवस्थित धलम्पुमा रहेको लुमढी अजिमा काठमाडौं उपत्यकाकै एक अत्यन्तै प्राचीन, ऐतिहासिक, र शक्तिशाली तान्त्रिक शक्तिपीठ हो । जसलाई स्थानीयहरुले खड्ग भद्रकाली वा नौलिन भद्रकाली पनि भन्दछन् । यस मन्दिर परिसरमा लिच्छविराजा शिवदेव प्रथमको संवत् ५२० को शिलालेख रहेको छ । यहाँका पुरानो अजिमाको मूर्ति केही समय अगाडि चोरी भएको र हाललाई पित्तलको नयाँ बनाइएको स्थानीय ज्ञानबहादुर महर्जनजले जानकारी दिए । यस द्योःछेँमा भद्रकाली अजिमाबाहेक गणेश, कुमारी, बाराही र भैरवका मूर्तिहरु रहेका छन् । वैशाखको पूर्णिमामा हुने पाँच दिने जात्राहरु बाहेक दसैं, तिहार, यमरी पुन्ही, जनै पुन्ही, धान्य पुन्ही, सिथी नखः, जस्ता चाडपर्वहरुमा यी देवदेवीका पूजा हुने गर्दछ ।
एकीकृत नेपाल
