नेपालमा मनसुनी र पश्चिमा वायुको दोहोरो प्रभाव
काठमाडौँ, असोज ९ ।
नेपालमा हाल मनसुनी वायुका साथै पश्चिमा वायुको दोहोरो प्रभाव र बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण यो हप्ता देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही भारी वर्षा र प्रकोपको जोखिम बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भू(भाग ढकमक्क बादलले ढाकिएको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। बङ्गालको खाडी र अण्डमान सागर आसपास बनेको मौसमी प्रणालीका कारण उत्पन्न वर्षाले यो हप्ता देशका धेरैजसो स्थानमा लगातारको झरी तथा हल्कादेखि मध्यम वर्षा गराइरहेको छ।
हप्ताभरको प्रदेशगत मौसम पूर्वानुमान
लुम्बिनी र गण्डकी प्रदेश :
यो हप्ता सबैभन्दा बढी प्रभावित हुने देखिएको छ। यी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी र एक(दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
कोशी, बागमती र कर्णाली प्रदेश:
यी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको छ। बागमती ९काठमाडौँ उपत्यकासहित० र कोशीका पहाडी भागमा मध्यमदेखि भारी झरी पर्नेछ।
सुदूरपश्चिम प्रदेश:
हप्ताको उत्तरार्धतिर ९विशेष गरी कञ्चनपुर, डडेलधुरा लगायतका जिल्लाहरूमा० निरन्तर वर्षाको प्रभाव देखिने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।
मधेश प्रदेश र तराईका भू-भाग:
मधेशका एक(दुई स्थानमा भारी वर्षा हुनुका साथै मधेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना छ।
बाढी, पहिरो र यात्रासम्बन्धी चेतावनी
नदी तटीय क्षेत्र र गेग्रान बहावस् महाकाली, कर्णाली, नारायणी, बाढी र कोशी लगायत साना(ठूला खोलाहरूमा जलसतह खतराको तहमा पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा बाढी, डुबान र गेग्रान बहावको उच्च जोखिम छ।
यातायात अवरुद्ध: सिद्धार्थ राजमार्ग, पूर्व-पश्चिम राजमार्गका विभिन्न खण्ड तथा पहाडी सडकहरूमा पहिरोका कारण रात्रिकालीन सवारी आवागमन र सडकहरू आंशिक रूपमा बन्द गराइएको छ।
हवाई तथा पदयात्रास् कम दृश्यताका कारण आन्तरिक हवाई उडान प्रभावित हुन सक्ने र पहाडी तथा हिमाली क्षेत्रमा जाँदा उच्च सतर्कता अपनाउन वा पदयात्रा ९त्चभपपष्लन० केही समयका लागि स्थगित गर्न आग्रह गरिएको छ।
आकस्मिक सूचना र सम्पर्क
नदी किनार तथा भिरालो जमीन आसपास बस्ने नागरिकहरूलाई सतर्क रहन र मौसम तथा बाढीको अद्यावधिक जानकारीका लागि विभागको टोल फ्री नम्बर ११५५ वा जल तथा मौसम विज्ञान विभागको पोर्टल नियमित हेर्न अनुरोध गरिन्छ।
एकीकृत नेपाल
