काठमाडौँ, मंसिर १। काठमाडौँको गुहेश्वरीस्थित महादेव होटलमा सोमबार राति आगलागी भएको छ।
प्राप्त जानकारीअनुसार राति करिब १०ः३० बजेदेखि होटलमा आगलागी सुरु भएको हो। आगो नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीका दमकलसहित सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएका छन्।
आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीले प्रयास जारी राखेका छन्। घटनास्थलमा उद्धार तथा नियन्त्रणका कार्य भइरहेको छ।
आगलागी कसरी सुरु भयो भन्नेबारे खुल्न सकेको छैन। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत प्राप्त हुन बाँकी छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

