फूलले सजिएको कृषि पार्क कृषि तथा मनोरञ्जन पार्क दाङ, २४ भदौः दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रो फार्मले भाडाको जग्गामा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको कृषि तथा मनोरञ्जन पार्क। धनगढीका दशरथ साउँद र कपिलवस्तुका भास्कर पङ्गेनीको साझेदारीमा सञ्चालित उक्त फार्मले स्ट्रबेरी र विभिन्न फूलखेतीसँगै उत्पादन बिक्री तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याएको हो। तस्बिरः कुलदीप न्यौपाने/रासस



