काठमाडौं, असोज ६ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक एवं त्रिमूल पार्टीका अध्यक्ष भरणमणि दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दीसहित उपस्थित गराई लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विपक्षीका नाममा आदेश जारी गरेको हो।
बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र दाहाललाई अनुसन्धानसम्बन्धी मिसिलसहित अदालतमा उपस्थित गराउन भनेको छ।
सर्वोच्चले दाहाललाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पनि पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

