काठमाडौF, ८ असोजM पूजाका लागि कुमारी भेषमा सजिएका बालिका इन्द्रजात्राकf अवसरमा काठमाडौFको हनुमानढोकास्थित तलेजु भवानी मन्दिर अगाडि २५४ कुमारी बालिकाको सामूहिक पूजाका लागि कुमारी भेषमा सजिएका बालिका । नेवार समुदायमा बेल विवाह नगरेका तथा महिनावारी सुरु नभएका बालिकालाई कुमारी मानेर पूजा गर्ने परम्परा छ। कुमारी पूजा गरेमा तलेजु भवानीले बालिकाको रक्षा गर्ने धार्मिक विश्वास रहेको छ। तस्बिरM घनश्याम श्रेष्ठ÷रासस
काठमाडौँ, असोज ९ । काठमाडौँको ऐतिहासिक हनुमानढोका क्षेत्रमा आज इन्द्रजात्राको मुख्य रथयात्रा हुँदैछ । आठ दिनसम्म मनाइने इन्द्रजात्राअन्तर्गत आज जीवित देवी कुमारीसहित गणेश र भैरवका रथ काठमाडौँका पुराना बस्ती हुँदै तानिँदैछन् ।
इन्द्रजात्रा असोज ७ गते हनुमानढोकास्थित कालभैरव क्षेत्रनजिक यःसिं अर्थात् इन्द्रध्वज ठड्याएसँगै औपचारिक रूपमा सुरु भएको थियो । यस वर्ष बिहान ७ः४७ बजे यःसिं ठड्याइएको थियो । त्यसपछि विभिन्न धार्मिक अनुष्ठान, लाखे, पुलुकिसी, महाकाली, भक्कु तथा अन्य परम्परागत नाच र सांस्कृतिक गतिविधि हुँदै आएका छन् ।
आजको मुख्य आकर्षण कुमारीको रथयात्रा हो । कुमारीलाई गणेश र भैरवको रथसँगै पुरानो काठमाडौँका सडकमा परिक्रमा गराइन्छ । स्थानीय महिलाको नेतृत्वमा यी देवदेवीका रथ तान्ने परम्परा पछिल्लो १४ वर्षदेखि निरन्तर रहेको छ ।
वर्षा र समृद्धिका देवता इन्द्रसँग सम्बन्धित इन्द्रजात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । हिन्दू र बौद्ध दुवै परम्परालाई समेट्ने यस पर्वमा धार्मिक अनुष्ठानसँगै परम्परागत संगीत, मुखौटा नृत्य र रथयात्राले काठमाडौँको पुरानो सहरलाई उत्सवमय बनाउने गर्छ ।
इन्द्रजात्राको अन्तिम दिन यःसिं ढालेर पर्व समापन गर्ने परम्परा छ । समापनका अवसरमा राष्ट्र प्लेरमु जीवित देवी कुमारीबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने चलनसमेत रहेको छ ।
कतिपय स्थानीय गुठियार र समुदायका प्रतिनिधिहरुले भने विगतमा झै कुमारीबाट टीका र आशीर्वाद ग्रहण गर्न परम्परागत राजसंस्थाकै प्रतिनिधित्व हुनुपर्ने भनि माग समेत हुँदै आएको छ ।
