बाँके, भाद्र १९ ।
पश्चिम नेपालका थारु समुदायमा कृष्ण जन्माष्टीलाई अष्टिम्की पर्वका रुपमा विशेष महत्वका साथ मनाइन्छ । जसलाई थारु महिलाहरुले आफ्नो महत्वपूर्ण व्रत र सांस्कृतिक उत्सवको रुपमा लिने गर्दछन् । यस पर्वमा गाउँका बरघरको घरको भित्तामा ब्रह्माण्डको सृष्टि, प्रकृति र भगवान श्रीकृष्णको जीवन दर्शाउने परम्परागत अष्टिम्की चित्रकला बनाइन्छ । जसले थारु संस्कृतिको लोककलालाई जीव्न्ट राखेको छ । जन्माष्टमीको दिन बिहानै डँट्कट्टन (दर) खाएर दिनभर निराहर व्रत बस्र्ने महिलाहरु बेलुकी अष्टिम्की चित्रको पूजा गर्छन् र भोलिपल्ट बिहान जलाशयमा पूजा सामग्री बिसर्जन गरेर व्रत समापन गर्छन् । यसरी अष्टिम्की गीत र भित्ते लोककलाको अनुष्ठानले कृष्ण जन्माष्टमी र थारु समुदायको ऐतिहासिक एवम् सांस्कृतिक सम्बन्धको एउटा बलियो कडी बनेको छ ।

अष्टिम्की भित्ते चित्र
फोटो – एकीकृत नेपाल
