संगिना नाच
ओखलढुङ्गा, भदौ २७ ।
ओखलढुङ्गाको मानेभन्ज्याङस्थित माथिल्लो टुँडिखेलमा शनिबार तीजको अवसरमा आयोजित कार्यक्रममा संगिना नाच प्रस्तुत गर्दै स्थानीय महिला ।
गाउँपालिका स्तरीय आमा समूह सञ्जालको आयोजना तथा मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय संस्कृतिको संरक्षणका लागि संगिना नाच प्रतियोगिता आयोजना गरिएको हो ।
यहाँका किराँत वाम्बुले राई समुदायमा भदौ पूर्णिमादेखि कोजाग्रत पूर्णिमासम्म सामूहिक रूपमा संगिना नाचगान प्रस्तुत गर्ने परम्परा रहेको छ ।
रासस
