काठमाडौं, भदौ २५ । कालिन्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट कुल ८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८३ साल भाद्र २४ गते बसेको १०२औं बैठकबाट यस्तो निर्णय भएको हो।
प्रस्ताव अनुसार कम्पनीले हाल कायम रु. ६३,००,००,०००।- चुक्ता पुँजीमा ८.५ प्रतिशत अर्थात् रु. ५,३५,५०,०००।- बराबरको बोनस शेयर वितरण गर्नेछ। साथै, बोनस शेयरमा लाग्ने कर व्यवस्थापनका लागि ०.४४७४ प्रतिशत अर्थात् रु. २५,१८,४२१.०५ नगद लाभांश समेत दिइनेछ। यसरी कुल लाभांश रु. ५,६३,६८,४२१.०५ पुग्ने भएको छ।
यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिनेछ। धितोपत्र दर्ता तथा निष्कासन नियमावली र सूचीकरण विनियमावली बमोजिम यस निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड (सेबोन), कम्पनी रजिष्ट्रारको कार्यालय (OCR), र सि.डि.एस एण्ड क्लियरिङ्ग लिमिटेड (CDSC) लाई गराइएको छ।
