नुवाकोट, भदौ २१ । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नपा–८ जिलिङ जोड्ने गरेर देवीघाटमा नेपाली सेनाकाे टाेलीले एक्रोब्रिज जडान गर्दैछ ।
भोटेकोशी नदीको बाढीले उक्त स्थानमा रहेका दुई पक्कि पुलमा क्षति पुर्याएसगै सेना मार्फत पुरानै पुलको जिप उपभोग गरेर ५७.५ मि.लम्बाई र ५.५ मि. चौडाईको ७० टन भारवाहन क्षमताको एक्रोब्रिज जडान थालिएको हो ।
पाँच दिनभित्र पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । तस्बिर ः रामहरि न्यौपाने, रासस
