काठमाडौं, भदौ २३: काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएकाे छ ।
मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। मुस्ताङमा ५.३ रेक्टरको भूकम्प गएको छ ।मंगलबार राति ९ बजेर ५३ मिनेट जाँदा लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।मुस्ताङसहित बागलुङ, धवलागिरी क्षेत्र र तिब्बतसम्मै भूकम्पको धक्का महसुस गरिएको थियो ।
