काठमाडौं असाेज ८: सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न आदेश दिएको छ।
छोरी डेनी दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले रिट जारी गर्दै दाहाललाई आजैका मितिदेखि तारेखमा राख्न आदेश दिएको हो।
दाहाललाई थुनामा राखिराख्नुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै सर्वोच्चले उहाँलाई थुनामुक्त गर्न आदेश दिएको हाे। यस्तो छ सर्वाेच्चकाे आदेश …


