सान्टियोगो, भदौ २७ ।
चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्य भएको स्थानीय सञ्चारमाध्यले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय समय अनुसार रात्रि करिब १०ः३० बजे आगलागी सुरु भएको थियो । वृद्धाश्रममा रहेका व्यक्तिमध्ये १० जनालाई मात्र सुरक्षित रुपमा बाहिर निकाल्न सकिएको थियो ।
आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उदद्धार समूहलाई घटनास्थलमा परिचालन गरिएको थियो । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
शनिबार बिहानसम्म पनि अग्निनियन्त्रक, प्रहरी र स्थानीय नगरपालिकाका कर्मचारीहरु घटनास्थलमा खटिएका थिए । उनीहरुले भग्नावशेष हटाउनुका साथै घटना स्थललाई सुरक्षित बनाउने काम गरिरहेका थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एकीकृत नेपाल ।
