संयुक्त राष्ट्रसङ्घ, असोज १४ :
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आणविक हतियार मुक्त विश्वतर्फ नयाँ बाटो बनाउने प्रयास गर्न आह्वान गर्नुभएको छ ।
“आणविक निशस्त्रीकरण कुनै पक्ष होइन, यो पूर्व निर्धारित सन्धिअन्तर्गत बाध्यकारी कानुनी दायित्व हो”, उहाँले आणविक हतियारको पूर्ण उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस मनाउन आयोजित उच्चस्तरीय बैठकमा भन्नुभयो ।
आणविक हतियार भण्डारण गरेका राष्ट्रहरूले आणविक हतियारको प्रयोग रोक्न वार्तामा फर्कनुपर्ने बताउँदै उहाँले अर्को आणविक हतियारको दौड रोक्नका लागि विश्वव्यापी रुपमा दशकौँ पुरानो प्रक्रियालाई कायम राख्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
“संयुक्त राज्य अमेरिका र रूसले समयावधि समाप्त भएको नयाँ रणनीतिक हतियार कटौती सन्धिको उत्तराधिकारी ढाँचाका लागि वार्ता गरी सबै आणविक हतियार भएका राष्ट्रहरूले आफ्नो सुरक्षा नीतिमा आणविक हतियारको भूमिका कम गर्नुपर्छ”, संयुक्त राष्ट्रसङ्घीय प्रमुखले बताउनुभयोे ।
मृत्यु निम्त्याउने यी उपकरणले मानवताको भाग्य कहिल्यै निर्माण नगर्ने बताउँदै उहाँले संसार यिनीहरुको निष्क्रियताको कुनै बहाना हुन नसक्ने बताउनुभयो । “हामीलाई खतरा थाहा छ र परिणाम पनि थाहा छ, हामीले मार्ग परिवर्तन गर्न सबै कुरा गर्नुपर्दछ भन्दै उहाँले भन्नुभयो संवादको साथ खतरा प्रतिस्थापन गर्नुहोस्, हतियार नियन्त्रणको साथ हतियार दौड प्रतिस्थापन गर्नुहोस्, पक्षाघातलाई ठोस कार्यको साथ प्रतिस्थापन गर्नुहोस्”, गुटेरेसले भन्नुभयो ।
आणविक अतियार विस्तार र आधुनिकीकरण भइरहेको उल्लेख गर्दै उहाँले आणविक संरक्षकहरुको हल्ला चर्को हुँदै गइरहेको बताउनुभयो ।
प्रविधिको प्रगतिले गल्ती र गलत गणनाको सम्भावना बढाइरहेको छ, जब तिनीहरूको सबैभन्दा बढी आवश्यकता हुन्छ, यी खतरालाई नियन्त्रण गर्न दशकौँदेखि बनाइएका सुरक्षा उपायहरू बिग्रँदै गएका छन् उहाँले भन्नुभयो ।
मानवजाति आठ दशकभन्दा बढी समयदेखि आणविक छायाँमा बाँचिरहेको दावी गर्दै उहाँले हामीले भावी पुस्ताले त्यसो नगर्ने कुरा सुनिश्चित गर्नका लागि परमाणु हतियार मुक्त भविष्य रोज्नुपर्ने बताउनुभयो ।(रासस/सिन्ह्वा)
