काठमाडौं असाेज २:
अदालत परिसरबाट पैसाको लेनदेन गर्दै गरेको अवस्थामा २ जना मानिस पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतमा बयानका लागि इजलाससमक्ष पेस गरिएका लागूऔषध (खैरो हेरोइन) मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन तथा आश्वासन दिई निज प्रतिवादीको पत्नीबाट अवैध रूपमा रु.४ लाख ७९ हजार रुपैया लिएका २ जना व्यक्तिलाई अदालत परिसरबाट नगद सहित पक्राउ गरिएको र यसरी पक्राउ पर्नेमा नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका वडा नं. ६ बस्ने अजय थापा मगर-र-ऐ. जिल्लाको विदुर नगरपालिका वडा नं. ९ वस्ने हरिराम गिरी रहेका छन् । उक्त कुरा काठमाडौं जिल्ला अदालतबाट भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
