जापानकी माओ शिमाडा
काठमाडाै, कात्तिक १६ ।
क्यानडाको ब्रिटिस कोलम्बियास्थित केलोनामा सम्पन्न सन् २०२६ को स्केट क्यानाडा इन्टरनेसनल फिगर स्केटिङ प्रतियोगिताअन्तर्गत महिला एकल प्रतिस्पर्धामा जापानकी प्रतिभावान खेलाडी माओ शिमाडाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छिन्।
नोभेम्बर १, २०२६ का दिन सम्पन्न यस रोमाञ्चक प्रतियोगितामा उनले आफ्नो उत्कृष्ट कला र छरितो प्रस्तुतिमार्फत निर्णायकहरूको ध्यान खिच्न सफल भइन्।
प्रतियोगितामा एस्टोनियाकी खेलाडी निइना पेट्रोकिनाले कडा प्रतिस्पर्धा गर्दै रजत पदक हासिल गरेकी छिन् भने संयुक्त राज्य अमेरिकाकी इसाबेउ लेभिटोले कांस्य पदकमा चित्त बुझाएकी छिन्।
विश्वभरका उत्कृष्ट फिगर स्केटिङ खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगिताले आगामी दिनका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि खेलाडीहरूको उच्च तयारी र प्रतिस्पर्धात्मक क्षमतालाई स्पष्ट पारेको छ।
एजेन्सीकाे सहयाेगमा
