दाङ, मंसिर ३ । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहकबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
आज बिहान अन्दाजी ८:३० बजे बुटवलबाट लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका २२ जना घाइतेहरुको मेडिकल कलेज कोहलपुर, बाँकेमा उपचार भइरहेको छ । अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकोले निज यात्रुहरुलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ । बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेका थिए ।
दुर्घटनामा परी घाइतेहरूमा
१. बाँकेको बैजनाथ गाउँपालिका –५ जि गाउँ बस्ने २० वर्षीया पूर्णिमा थापा,
२. ऐ.ऐ. बस्ने २१ वर्षीया अनिषा सुनार ,
३. जिल्ला बर्दिया, बाँसगढी नगरपालिका–३ बस्ने १९ वर्षीय जीवन सुनार,
४. ऐ.ऐ. बस्ने अन्दाजी २० वर्षीय सन्दीप सुनार,
५. ऐ.ऐ. बस्ने अन्दाजी १८ वर्षीया सन्ध्या सुनार,
६. ऐ.ऐ. बस्ने १८ वर्षीया निरुता सुनार,
७. ऐ.ऐ. बस्ने ११ वर्षीया प्रज्ञा सुनार,
८. ऐ.ऐ. बस्ने १६ वर्षीया आकृति सुनार,
९. ऐ.ऐ. बस्ने १९ वर्षीय हरिकृष्ण नेपाली,
१०. ऐ.ऐ. बस्ने १६ वर्षीया मनिषा सुनार,
११. ऐ.ऐ. बस्ने १८ वर्षीया पूजा सुनार,
१२. ऐ.ऐ. बस्ने दीपक सुनारकी १३ वर्षीया छोरी गुञ्जन सुनार,
१३. ऐ.ऐ. बस्ने १६ वर्षीया पुष्पा सुनार,
१४. ऐ.ऐ. बस्ने २२ वर्षीय करण सुनार,
१५. ऐ.ऐ. बस्ने १७ वर्षीय अर्जुन सुनार,
१६. ऐ.ऐ. बस्ने १७ वर्षीया आदित्य थापा,
१७. ऐ.ऐ. बस्ने १८ वर्षीय विश्वास सुनार,
१८. ऐ.ऐ. बस्ने १६ वर्षीया प्रिया सुनार,
१९. ऐ.ऐ. बस्ने १६ वर्षीय वसन्त विक,
२०. ऐ.ऐ. बस्ने १९ वर्षीय विश्वास सुनार,
२१. ऐ.ऐ. बस्ने २१ वर्षीय हिमाल सुनार,
२२. ऐ.ऐ. बस्ने १७ वर्षीया आकृति विक रहेका छन् ।
सबै घाइतेको अवस्था सामान्य रहेको छ । दुर्घटनापछि बस, चालक र सहचालकलाई नियन्त्रणमा लिइ दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
