काठमाडौं, भदौ १९ । त्रिशुली ३ ए जलविद्युत परियोजनाको टनेलबाट थप एकको उद्दार गरिएको नेपाली सेनाले जनाएको छ ।
मेकानिकल फोरम्यानका रुपमा कार्यरत सञ्जय शाह र मेकानिकल सुपरभाइजरका रुपमा कार्यरत कबिर महर्जन दुई जनाको उद्दार गरिएको छ।
उहाँहरु दुवैलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।