Unified Nepal
काठमाडौं, असोज १० ।
वि.सं. २०८३ भाद्र १० गते हिमाली क्षेत्रबाट भीषण रूपमा बगेर आएको भोटेकोशीको विनाशकारी बाढीले रसुवा, नुवाकोट, लगायतका नदी तटीय क्षेत्रहरुमा अपार धनजनको क्षति पु¥यायो ।
यो केवल प्राकृतिक विपत्ति वा भौतिक पूर्वाधारको विनाश मात्र थिएन । यसले हाम्रो प्राचीन सांस्कृतिक चेतना, प्रकृतिप्रतिको हाम्रो सम्बन्ध र हिमाली जीवनशैलीमाथि ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ ।
नेपाली संस्कृतिमा नदीहरु केवल जलको बहाव मात्र होइनन्, यिनीहरुलाई माता, देवी र मानव सम्यताको प्राण वायु मानिन्छ ।
भोटेकोशी तथा त्रिशुली नदी श्रृङ्खला धार्मिक एवं सांस्कृतिक दृष्टिले पवित्र मानिन्छ । धार्मिक विश्वास अनुसार गोसाइँकुण्ड र हिमाली जलाधारबाट बग्ने यी नदीहरुसँग तामाङ, शेर्पा र खस–आर्य समुदायको जीवनशैली जोडिएका छन् ।
तर, आधुनिक विकासको नाममा नदीको प्राकृतिक लयमाथि गरिएको हस्तक्षेप र वातावरणीय असन्तुलनले गर्दा प्रकृति अहिले आफ्नो कठोर रुपमा प्रकट भएको देखिन्छ । यस विपत्तिलाई नियाल्दै विभिन्न संस्कृतिविद्हरूले नेपाली समाजको प्रकृतितर्फको संवेदनहीनतालाई औंल्याएका छन् ।
संस्कृतिविद्हरुको भनाइमा, हाम्रा पूर्वजहरुले नदीलाई माता र हिमाललाई देवभूमि, त्यसै भनेको थिएनन् । त्यसको पछाडि प्रकृतिसँग मिलेर बाँच्ने गहिरो जीवनदर्शन थियो । हामीले नदीलाई देवी त भन्यौँ तर व्यवहारमा भने नदीको बगर बेच्यौँ, बहाव रोक्यौँ र अनियन्त्रित अतिक्रमण ग¥यौँ । बाढीले नदी रिसाएको सन्देश दिएको होइन, बरु यसले मानिसलाई आफ्नो अज्ञानता र अनुशासनहीनताको ऐना देखाएको हो ।
अन्य संस्कृति तथा समाजशास्त्रीय विश्लेषणकहरुका अनुसार, हिमाली भेगमा तामाङ तथा बौद्ध समुदायले परम्परादेखि नै प्रकृतिलाई पुज्ने ला–छो र नाग (जल देवता) को पूजा गर्ने परम्परा जोगाउँदै आएका छन् । बाढीले त्यस्ता प्राचीन सांस्कृतिक धरोहर, गम्बा, घाट, र ऐतिहासिक नाकाहरुलाई क्षति पु¥याउँदा तटीय क्षेत्रको मौलिक सांस्कृतिक पहिचानमा पनि चोट पुगेको छ ।
बाढीले हामीलाई भौतिक पुनः निर्माणको मात्र नभई सांस्कृतिक पुनर्जागरणको पनि पाठ सिकाएको छ । यदि हामीले प्रकृतिलाई जित्ने होइन, प्रकृतिसँग मिलेर बाँच्ने हाम्रा पुर्खाको प्रकृति पूजक दर्शन र विज्ञानलाई एकाकार गर्न सकेनौँ भने हाम्रा तीर्थस्थल र नदी सभ्यताहरु जोखिममा परिरहनेछन् । त्यसैले भोटेकोशीको यो बाढीलाई केवल एउटा विपत्ती मात्र नमानी, प्रकृति र संस्कृतिप्रतिको हाम्रो दायित्व सम्झिने चेतनाको रुपमा लिनु आवश्यक छ ।
यसले हाम्रो प्राचीन सांस्कृतिक चेतना, प्रकृतिप्रतिको हाम्रो सम्बन्ध, र नेपाली समाजमा रहेका धार्मिक तथा वातावरणीय विश्वासहरुमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
नेपाली संस्कृतिमा नदीहरुलाई माता र मानव सभ्यताको प्राण वायु मानिन्छ । भोटेकोशी तथा त्रिशुलाी नदी श्रृङ्खलासँग तामाङ, शेर्पा र खसआर्य समुदायको जीवनशैली र मुन्धुम वा शास्त्र जोडिएका छन् । तर, प्रकृतिसँगको यो सम्बन्ध धर्ममा मात्र सीमित छैन । पूर्वसूचक र जनविश्वासका सांस्कृतिक आधारहरुसँग पनि गाँसिएको छ ।
नेपाली लोकसंस्कृतिमा दोलखाको प्रसिद्ध भीमेश्वर (भीमसेन) मन्दिरको शिलामा पसिना आउने घटनालाई देशमा घट्ने ठूला प्राकृतिक विपत्ति वा राजनीतिक रुपान्तरणको अघोषित दैवी सङ्केतका रुपमा हेरिने ऐतिहासिक मान्यता छ ।
इतिहासदेखि नै वि.सं. १९९० सालको महाभुकम्प, २०४५ सालको भुकम्प,वा विभिन्न समयमा आएको ठूला बाढीपहिरो अघि भीमसेनको शिलामा पसिना आएको र त्यसले देशमा संकट वा अनिष्टको पूर्वसूचना दिएको जनविश्वास रहँदै आएको छ ।
शिलामा पसिना आउँदा राजाले क्षमापूजा गर्ने र पसिना पुछिएको कपासलाई महाप्रसादका रुपमा ग्रहण गर्ने परम्पराले पनि यस सांस्कृतिक मान्यताको गहिराइलाई दर्शाउँछ । भाद्र १० को यो विनाशकारी बाढीलाई पनि जनमानसले यस्तै प्राकृतिक असन्तुलन र सांस्कृतिक सचेतनामार्फत प्रकृतिले दिएको ठूलो चेतावनीका रुपमा लिएका छन् ।
यस विपत्ति र सांस्कृतिक पक्षलाई नियाल्दै विभिन्न संस्कृतिविद्हरुले नेपाली समाजको प्रकृतितर्फको संवदेनहीनतालाई औँल्याएका छन् ।
Unified Nepal
