काठमाडौं, असोज २३ । दशैं सुरु भएसँगै यही मिति २०८३ असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म नियमित मुद्दाहरुको सुनुवाइका लागि देशभरका अदालतहरु बन्द रहने भएतापनि त्यो अवधिमा पनि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइका लागि भने खुला रहनेछन् ।
बिदा अवधिमा घटस्थापना, शनिबार, फुलपाती र विजया दशमीको टिकाको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
यसैबीच काठमाडौं जिल्ला अदालत प्रशासनले पनि आज एक विज्ञप्ति जारी गरी बन्दी प्रत्यक्षीकरणको निवेदन, जरुरी पक्राउ पुर्जी, अभियुक्तहरुको म्याद थप, कल डिटेल्स अनुमति प्रदान, पक्राउ अनुमति, धरौटी दाखिल गर्न नसकी थुनामा पठाइएकाहरुको धरौटी ल्याएमा बुझ्ने प्रयोजन तथा फैसला बमोजिमको जरिवना तिरी छुट्ने अवस्था भए जरिवाना रकम ल्याए बुझिदिने कार्यका लागि दशैं बिदामा पनि उल्लेखित दिनहरु बाहेक बिहान ११ बजेदेखि ३ बजेसम्म सेवा लिन सकिने जनाएको छ ।
