???????? ?????????? ??????? ???????, ?? ???????? ????? ?????? ???? ???? ?????? ?????????? ??????, ???, ????, ??????????? ???????? ? ????? ????? ????????? ?????? ????? ? ????? ???????? ????? ????? ????????? ? ???? ????????? ?????? ??????? ??????????? ?????? ???? ????? ??????? ???? ??????????÷????
ख्वप (भक्तपुर), २३ कात्तिक : नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना -याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौलिक पहिचानका वेशभूषा र बाजागाजासहित सुरु भएको -यालीले नगरपरिक्रमा गरेको थियो ।
उक्त -याली विभिन्न टोल तथा बजार परिक्रमापछि दरबार स्क्वायरमा पुगेर सभामा परिणत भएको थियो । नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित -यालीले भक्तपुरका सांस्कृतिक वैभवलाई प्रदर्शन गरेको थियो । -यालीपछि खौमास्थित जगतसुन्दर मल्लको शालिकमा माल्र्यापण गरियो ।
सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले संस्कृतिको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउनुभयो । नेपाल संवत्को नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उहाँंले जोड दिनुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, परम्पराग गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।

