खापर जगनाथ मन्दिर
बाजुरा, २४ असोज ।
खप्तड क्षेत्रलाई हिन्दू ग्रन्थ स्कन्द पुराणमा ‘खेचराद्री’ पर्वत भनिएको छ, जुन देवभूमि र ऋषिसमुदायले तपस्या गर्ने भूमिकाे रुपमा वर्णन गरिएको छ।यसै दिव्य क्षेत्रभित्र पर्ने खापर जगनाथ मन्दिर रहेकाे छ । याे हिन्दू धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रबिन्दु हो।
सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा फैलिएको खप्तड रा िष्ट्रय िनकञ्ज प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाको एक अद्भुत सङ्गम हो। नेपालका चार जिल्लाहरू—डोटी, बझाङ, बाजुरा र अछामको सिमाना जोडिएको यस पवित्र भूमीलाई धर्तीको स्वर्ग वा ‘भूस्वर्ग’ भनी पुकारिने गरिन्छ।
समुद्री सतहबाट करिब २४०० देखि ३७०० मिटरभन्दा बढी उचाइमा फैलिएका हरियाली पाटन, ५२ भन्दा बढी मनमोहक दहहरू र विभिन्न जडीबुटीयुक्त घना जङ्गलले खप्तडको सुन्दरतामा चार चाँद लगाएका छन्। यही प्रकृतिको काखमा र आध्यात्मिक सुवासले सुवासित खप्तड क्षेत्रभित्र अवस्थित खापर जगनाथ मन्दिर यस क्षेत्रको एक प्रमुख धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरका रूपमा रहिआएको छ।
खापर जगनाथ मन्दिर खप्तड राष्ट्रिय निकुञ्जको एकान्त तर अति नै पवित्र स्थलमा अवस्थित छ। खप्तड क्षेत्रलाई हिन्दू ग्रन्थ स्कन्द पुराणमा ‘खेचराद्री’ पर्वत भनिएको छ, जुन देवभूमि र ऋषिसमुदायले तपस्या गर्ने भूमिकाे रुपमा वर्णन गरिएको छ।यसै दिव्य क्षेत्रभित्र पर्ने खापर जगनाथ मन्दिर रहेकाे छ । याे हिन्दू धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रबिन्दु हो।
स्थानीय जनश्रुतिअनुसार, खापर देवतालाई यस क्षेत्रका शक्तिशाली र रक्षक देवताका रूपमा मानिन्छ। मन्दिर वरपरका रमणीय पाटन, थुम्का र खुला आकाशमुनि अवस्थित यस धार्मिक स्थलमा पुग्दा जो कोही पनि अलौकिक शान्ति र आनन्दको अनुभूति गर्न सक्छन्। यहाँका धार्मिक मान्यताहरू सुदूरपश्चिमाञ्चलको मौलिक संस्कृति र जनजीवनसँग गहिरो रूपमा जोडिएका छन्।
खप्तड क्षेत्रको चर्चा गर्दा खप्तड बाबाकाे नाम सँगसँगै आउँछ। आजभन्दा करिब पाँच दशकभन्दा बढी समयअघि भारतबाट आएका खप्तड बाबाले यसै क्षेत्रको त्रिवेणी र खापर मन्दिर आसपासको क्षेत्रमा लामो समयसम्म तपस्या, योग र साधना गरेका थिए। उनले यसै स्थानमा बसेर आयुर्वेद, धर्म, दर्शन र अध्यात्मसम्बन्धी अनेकौं ग्रन्थहरूको रचना गरे।
खप्तड बाबाको उपस्थितिले यहाँका खापर जगनाथ, त्रिवेणी धाम, सहस्रलिङ्ग र नागढुङ्गाजस्ता धार्मिक स्थलहरूको महत्वलाई विश्वसामु परिचित गराउन ठूलो सहयोग पुर्यायो। बाबाले यसै क्षेत्रलाई आफ्नो कर्मभूमि बनाएपछि खापर जगनाथ मन्दिरको धार्मिक ख्याति अझ बढेर ।
खापर जगनाथ मन्दिर र खप्तड क्षेत्रको मुख्य आकर्षण भनेको यहाँ प्रत्येक वर्ष जेठ शुक्ल दशमीका दिन लाग्ने गङ्गादशहरा मेला हो। यस पवित्र पर्वको अवसरमा नेपालका विभिन्न जिल्लाहरू तथा भारतबाट समेत हजारौँको सङ्ख्यामा तीर्थयात्रीहरू पैदल नै कष्टप्रद यात्रा तय गरेर खप्तड पुग्ने गर्दछन्।
मेलाको समयमा त्रिवेणी नदीमा स्नान गर्ने, खापर जगनाथ तथा त्रिवेणी मन्दिरमा पूजापाठ गर्ने र आफ्ना पितृहरूको मोक्षका लागि प्रार्थना गर्ने परम्परा रहिआएको छ। यस अवसरमा सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने हुड्के नाच, डेउडा खेल र स्थानीय बाजागाजाले खप्तडको वातावरणलाई पूर्ण रूपमा सांस्कृतिक उत्सवमय बनाउँछ। विकट भौगोलिक अवस्थिति भए पनि यहाँ लाग्ने मेलाले सम्पूर्ण सुदूरपश्चिमाञ्चलको सभ्यता, कला र संस्कृतिको जीवन्त पहिचान बोकेको छ।
खापर जगनाथ मन्दिर दर्शनका लागि जाने पर्यटक तथा श्रद्धालुहरूले यहाँको अद्वितीय जैविक विविधताको समेत प्रत्यक्ष अवलोकन गर्न पाउँछन्। खप्तड राष्ट्रिय निकुञ्जभित्र ५६७ भन्दा बढी थरिका वनस्पतिहरू, नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा बढी प्रजातिका पन्छीहरू र कस्तुरी मृग, चितुवा, हिमाली भालु तथा रातो पाण्डाजस्ता दुर्लभ वन्यजन्तुहरू पाइन्छन्।
मन्दिर परिसर वरपर फुलेका रङ्गीचङ्गी फूलहरू, हरियाली घाँसे मैदानहरू र चिसो हावापानीले पर्यटकहरूको थकाइ पलभरमै मेटाइदिन्छ। यहाँको प्रकृतिको यो खुला क्यानभास फोटोग्राफी, प्रकृतिप्रेमी तथा अनुसन्धानकर्ताहरूका लागि पनि उत्तिकै आकर्षक गन्तव्य बनेको छ।
संरक्षण, चुनौती र पर्यटन प्रवर्द्धनका सम्भावनाहरू
प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले विश्वकै एक उत्कृष्ट गन्तव्य भए पनि पूर्वाधारको उचित विकास हुन नसक्दा खापर जगनाथ मन्दिर र खप्तड क्षेत्र अझै पनि ओझेलमा पर्न, पर्ने गरेको छ। यहाँ जाने पदमार्गहरू धेरै ठाउँमा जिर्ण छन् भने बास बस्ने धर्मशाला र होटलहरूको पर्याप्त तथा गुणस्तरीय व्यवस्था हुन सकेको छैन।यसबाहेक सञ्चार र स्वास्थ्य सुविधाको कमीले गर्दा पर्यटकहरूले यात्रामा केही कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ।
यदि राज्यको सम्बन्धित निकाय, स्थानीय तह र पर्यटन बोर्डले यस क्षेत्रको प्रचारप्रसारका साथै दिगो पूर्वाधारहरुको विकासमा ध्यान दिने हो भने खापर जगनाथ मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज अन्तर्राष्ट्रिय धार्मिक तथा साहसिक पर्यटनको एक प्रमुख केन्द्र बन्न सक्नेछ। यसले स्थानीय बासिन्दाहरूको आर्थिक स्तर उकास्नुका साथै नेपालको पर्यटन उद्योगमा ठूलो टेवा पुर्याउनेछ।
खप्तड राष्ट्रिय निकुञ्जको मुटुमा अवस्थित खापर जगनाथ मन्दिर केवल एउटा ढुङ्गा वा काठले बनेको साधारण मन्दिर मात्र होइन, यो यस क्षेत्रको अध्यात्म, आस्था, प्रकृति र प्राचीन सांस्कृतिक परम्पराको ज्यूँदो जाग्दो प्रतीक हो। भौतिक विकास र आधुनिकताको कोलाहलबाट टाढा, प्रकृतिको निस्सीम शान्त काखमा रहेको यो पवित्र स्थल जो कोहीलाई पनि आत्मिक शान्ति र परमानन्द प्रदान गर्न सक्षम छ। यस ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण, प्रवर्द्धन र उचित विकास गर्नु आजको आवश्यकता हो, ताकि आगामी पुस्ताले पनि खप्तडको यो दिव्य रूप र खापर जगनाथको महिमालाई यसैगरी अनुभव गर्न सकून्।
रामकुमार राई/एकीकृत नेपाल
