रसुवा भ्रमणमा जान लागेका बाह्य पर्यटक त्रिशूली (नुवाकोट) १७ असोजः नुवाकोटको वेत्रावतीहुदैँ रसुवा भ्रमण गर्न शनिबार त्यसतर्फ जादैँ गरेका बाह्य पर्यटक । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण रसुवा भ्रमणमा जाने पर्यटक प्रभावित हुदै आएकोमा विदुरबाट वेत्रावती जाने सडक सुचारु भएसगैँ वेत्रावतीको फड्के (काठको पुल) तरेर रसुवाको गोसाईकुण्ड भ्रमणमा जाने पर्यटकहरुको चहलपहल सुरु भएको हो । तस्बिरः रामहरि न्यौपाने/रासस ।



यही असोज ९ देखि ११ गतेसम्म निरन्तरको झरीपछि निसीखोलामा आएको बाढीले क्षति पुर्याएको निसीखोला–४ झिवाखोलाको पुरानो बजार । बाढीले झिवाखोला र कानाबजारमा मात्रै ३० घर बगाएको छ । तस्बिरः खेमराज गौतम/रासस

अविरल वर्षापछि बागलुङको निसीखोला गाउँपालिका-४ स्थित कानाबजारमा निसीखोलाले गरेको कटान । निसीखोलामा आएको बाढीले कानाबगर र झिवाखोला बजारमा ३० घर बगाएको छ । तस्बिरः खेमराज गौतम/रासस






