विजयादशमीका अवसरमा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा काठमाडौँ, ५ कात्तिक : बडादसैँको टीकाको दोस्रो दिन बिहीबार पनि मान्यजनको हातबाट टीका थाप्न जाने सर्वसाधारणका लागि काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको निःशुल्क बस सेवा । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४ सय ६ जना यात्रु लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। तस्बिरः: विमलबहादुर विष्ट/रासस
काठमाडौँ, २५ कात्तिकः सशस्त्र प्रहरीले तिहारको भाइटीकाको दिन काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि निःशुल्क रूपमा सञ्चालन गरेको बसमा दुई हजार ४८६ जनाले यात्रा गरेका छन् । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारणलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यका साथ सशस्त्र प्रहरीले काठमाडौँ र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
सशस्त्रको बस सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो । काठमाडौँको चक्रपथमा सञ्चालित बसले एक हजार ७६६ र भक्तपुरसम्म चलेको बसले ७२० जनालाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
रासस
