रसुवा , भदौ २८ । भाेटेकाेसीकाे बाढीले त्रिशुली र भाेटेकाेसी नदीका पुल बगाएपछि रसुवा सदरमुकाम धुन्चेबाट ड्राेन मार्फत प्रभावित गाउँहरूमा खाद्यान्न ढुवानी गरिँदै । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार धुन्चेबाट ठुलाेहाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा ड्राेनमार्फत खाद्यान्न ढुवानी भइरहेकाे छ । रासस