लगातारको वर्षा
असोज ११

सडकमा ढलेको रुख
शनिबार बेलुका आएको हावाहुरी र वर्षाका कारण दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह नजिक सडकमा ढलेको रुख। रुख ढलेपछि घोराही–रोल्पा शहीद मार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

छाता ओढेर गन्तव्यतर्फ जाँदै
ललितपुरको पाटन दरबार क्षेत्रमा बिहानी पख झरीमा छाता ओढेर गन्तव्यतर्फ जाँदै गरेका सर्वसाधारण ।

ललितपुरको पाटन दरबार क्षेत्रमा बिहानी पख झरीमा छाता ओढेर गन्तव्यतर्फ जाँदै गरेका सर्वसाधारण ।

मुस्ताङमा हिमपात
उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ ।

रेसुङ्गा विमानस्थल जाने सडक भासियो
अविरल वर्षाका कारण आइतबार बिहान भासिएको गुल्मीको रेसुङ्गा विमानस्थल जाने देउराली-सिमीचौर पक्की सडक ।

नारायणी नदीमा बढ्दो जलसतह
अविरल वर्षापछि आइतबार बिहान नारायणी नदीमा बढेकाे जलसतह । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रकाअनुसार अहिले नदीमा पानीको सतह ११ मिटर काटेको छ । नदीमा पानीको सतह ७.३ मिटरलाई सतर्कता र ९ मिटरलाई खतराको तह मानिन्छ ।

गैँडाकोटमा डुबेको बस्ती
नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित बोटेटोलमा डुबेको बस्ती । नारायणी नदीको बाढी पस्दा यहाँका ११० घर डुबानमा परेका छन् ।
