राष्ट्रिय खेलकुद परिषद्द्वारा सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को अवसरमा आयोजित ‘पत्रकार सम्मेलन’मा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल लगायत । तस्बिरः शुरबहादुर सिंह/रासस
कर्णाली, १२ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनमा गण्डकी प्रदेशले चार स्वर्ण पदक प्राप्त गरेको छ । पश्चिम रुकुमको चौरजहारीमा आज सम्पन्न उक्त खेलमा गण्डकी प्रदेशले चार स्वर्ण, एक रजत र तीन कास्य गरी आठ पदक प्राप्त गरेको प्रशिक्षक राजेन्द्ररत्न तुलाधरले जानकारी दिनुभयो ।
तीन स्वर्ण, दुई रजत र चार कास्य गरी नौ पदकसहित नेपाली आर्मी दोस्रो, तीन स्वर्ण, पाँच रजत र दुई कास्य गरी १० पदक हातपार्दै बागमती प्रदेश तेस्रो भएको प्रशिक्षक तुलाधरले बताउनुभयो । त्यसैगरी, तीन स्वर्ण, एक रजत गरी एपीएफ चौथो, दुई स्वर्ण छ रजत र तीन कास्य गरी कुल ११ पदकसहित लुम्बिनी प्रदेश पाँचौँ, दुई स्वर्ण, एक रजत र दुई कास्य गरी पाँच पदकसहित नेपाल पुलिस छैटौँ भएको छ ।
त्यस्तै एक स्वर्ण, एक रजत र एक कास्यसहित कोशी प्रदेश सातौँ हुँदा एक रजत, एक कास्य गरी सुदुरपश्चिम आठौँ र दुई कास्यसहित मधेश प्रदेशले नवौँ स्थानमा चित्त बुझाउँदा कर्णाली प्रदेश र एनआरएन भने पदकविहीन बनेको जनाइएको छ ।
रासस
