दुबई, मङ्सिर १२ ।
यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक जहाज अपहरण गरेका बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) ले शनिबार जानकारी गराएको छ ।
उक्त निकायले भनेको छ, “अनधिकृत व्यक्तिहरू जहाजको नियन्त्रणमा छन्। अधिकारीहरूलाई जानकारी गराइएको छ।”
यूकेएमटीओले अगाडि भनेको छ, “आक्रमणकारीहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर (७० माइल) दक्षिण–पश्चिममा कार्गो जहाजमा चढेका थिए र उनीहरूले ने जहाजलाई अपहरण गरे ।”
विश्लेषकहरूले पछिल्लो एक वर्षमा नजिकैको अफ्रिकी र वरपर समुद्री डकैतीका घटना बढेको औँल्याएका छन् ।
फेब्रुअरीमा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्व युद्ध सुरु भएदेखि अरेबियाली प्रायद्वीप वरपरका जहाजहरू पनि बारम्बार द्वन्द्वको चपेटामा परेका छन् ।
रासस/एएफपी
