बागमती, भदौ २६ । हेटौँडाको भुवनेश्वर पशुपति मन्दिरमा कुशे औशीका दिन आज दर्शनार्थीलाई प्रदान गर्न राखिएको कुशका मुठा । मन्दिरमा हरेक वर्ष कुशे औँशीका दिन घरघरमा कुश लैजानका लागि दर्शनार्थी आउने गर्छन् । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । रासस