Game
काठमाडौँ, भाद्र ३ ।
इमाजिन वन एसियाको नारासहित २०औँ एसियाली खेलकुद ९एसियाड० आज शनिबारदेखि जापानको तेस्रो ठुलो सहर नागोयामा धूमधामका साथ आधिकारिक रूपमा सुरु हुँदैछ। एसिया महादेशकै यो सबैभन्दा ठुलो खेल मेला जापानको आइची नागोयामा आयोजना भइरहेको छ।
यस महाकुम्भमा भाग लिन एसियाका करिब १७ हजारभन्दा बढी खेलाडी आइची नागोया आइपुगेका छन्। यो सङ्ख्या पेरिस ओलम्पिकको भन्दा पनि बढी हो।
खेल र खेलाडीको सङ्ख्याका हिसाबले ओलम्पिकपछि यसलाई विश्वकै दोस्रो ठुलो खेलकुद प्रतियोगिता मानिन्छ। उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो र साम्राज्य मासाकोको पनि उपस्थिति रहने बताइएको छ भने उद्घाटन समारोहको सुरक्षाका लागि मात्र १० हजार प्रहरी तथा सुरक्षा बल खटाइएको छ।
नागोया एसियाडका मुख्य विशेषताहरू
यस पटक एसियाडमा ५४ वटा खेल समावेश गरिएका छन्, जुन पछिल्लो पेरिस ओलम्पिक ९३२ खेल० र आइची नागोया एसियाड ९४३ खेल० भन्दा बढी हो। प्रतियोगितामा कुल ७१ विधाका ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।
ओलम्पिक खेलहरूसँगै यस पटक नागोया एसियाडमा मिक्स मार्सल आर्टस, महिला क्रिकेट, टेकबल, बास्केटबल, मोडर्न पेन्टथालन, महिला भलिबल, सफ्ट टेनिस, र सर्फिङ, भर्चुअल तेक्वान्दो र फ्रीस्टाइल बिएमएक्स जस्ता लोकप्रिय खेलहरू पनि थपिएका छन्।
उद्घाटन समारोह जापानको नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा हुनेछ। अधिकांश खेलहरू नागोयामै हुने भए तापनि केही खेलहरू टोकियो, सिजोका, गिफु र ओसाकामा पनि खेलाइने छ।
नेपालको सहभागिता र तयारी
नेपालले यस पटक २१ खेलमा सहभागिता जनाउँदैछ । जसमा १३५ नेपाली खेलाडी जापान पुगेका छन्। यसअघि नेपालले धेरै खेलाडी पठाउने घोषणा गरे तापनि डान्स स्पोर्ट्सको सहभागिता नभएको र उसुका खेलाडी मुकेश पण्डित अस्वस्थताका कारण आउन नसक्दा दुई खेलाडी घटेका हुन्।
उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झन्डा बोक्ने जिम्मेवारी राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले पाएका छन्। विगतका केही महिनादेखि उच्च स्तरीय बन्द प्रशिक्षण र वैदेशिक प्रशिक्षण पूरा गरी नेपाली टोली जापान पुगेको हो।
नेपालको इतिहास र पदकको आशा
नेपाल पहिलो एसियाली खेलकुद खेल्ने भाग्यशाली ११ राष्ट्रहरू मध्ये एक हो। दोस्रो एसियाडबाहेक नेपालले अहिलेसम्मका सबै संस्करणमा भाग लिएको छ। सन् १९८६ देखि नेपाल एसियाली खेलकुदमा पदकविहीन हुनु परेको छैन। नेपालले एसियाडको इतिहासमा अहिलेसम्म कुल २६ पदक ९३ रजत र २३ कांस्य० जितेको छ।
जस अन्तर्गत १३औं संस्करणमा सविता राजभण्डारीले तेक्कोन्दोमा, पहिलो संस्करणमा एरिका गुरुङले कराँते विधाका साथै पाराग्लाइडिङ, बक्सिङ र कबड्डी खेलहरुमार्फत नेपालले पदकहरु प्राप्त गरेको हो । तर, नेपालले एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन। त्यसैले यस पटक नेपालसामु इतिहासमै पहिलो पटक स्वर्ण पदक जित्नु र आफ्नो पदक जित्ने निरन्तरतालाई कायम राख्नु मुख्य चुनौती र लक्ष्य रहेको छ। यस पटक नेपालले कराँते, उसु, बक्सिङ र क्रिकेट जस्ता खेलहरूबाट पदकको ठुलो आशा राखेको छ।
एकीकृत नेपाल
