कतै सडक पूर्ण ठप्प कतै आंशिक सुचारु
काठमाडौं, असोज २० ।
नेपालीहरुको महान चाड दसैँ आउँन लगभग हप्ता दिन बाँकी छ । दसैँ मनाउन राजधानी काठमाडौं तथा देशका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँघर फर्किने यात्रुहरु, विशेषगरी सडकमार्गबाट यात्रको लागि भदौ यता लगातारको वर्षादले बिग्रिएका बाटोघाटोहरु बनेको छ कि छैन बुझ्ेर मात्रै यात्रा गर्नु उचित हुन्छ ।
असोज दोस्रो सातामा आएको अविरल वर्षा, बाढी र पहिरोको कारण देशका राष्ट्रिय राजमार्ग र ग्रामीण सडक सञ्जाल नराम्ररी प्रभावित भएका छन् । सडक विभाग तथा नेपाल प्रहरीको पहिल्लो जानकारी अनुसार देशका अधिकांश मुख्य सडकहरु आंशिक वा एकतर्फी खुला गरिएपनि रसुवा र मुस्ताङ जोड्ने मुख्य मार्गहरु पूर्ण रुपमा अवरुद्ध रहेको छ ।
चाडबाडको समयमा देशका विभिन्न स्थान र राजमार्गको आजको अवस्था :
गल्छी – वेत्रावती–स्याफ्रुबेंसी–रसुवागढी सडक :
भदौ अन्तिम र असोजको बाढीपहिरोका कारण त्रिशूली र भोटेकोशी नदीको बहाव बढेर भत्किएको यो चीन जोड्ने मुख्य नाका अझै ठप्प छ। गल्छीदेखि वेत्रावतीसम्मको खण्ड खुले पनि स्याफ्रुबेंसी र टिमुरे क्षेत्रमा सडक सञ्जाल पूर्ण विच्छेद छ।
बेनी–जोमसोम–कोरला सडकखण्डः
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने थासाङ गाउँपालिका, सुकेवगर र काभ्रेभिरमा खसेको भीषण पहिरो र कालीगण्डकी नदीले सडक बगाएका कारण यो मार्ग पूर्ण रूपमा बन्द छ।
हिल्सा – सिमकोट सडकखण्ड :
उत्तरी हिमाली क्षेत्रमा भएको भारी हिमपात र भोटेकोशीको बाढीका कारण हिल्सा९सिमकोट सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। दसैँमा घर फर्कने नागरिकलाई यसले प्रत्यक्ष असर पार्न सक्छ ।
डुम्रे–बेसीसहर–चामे सडकखण्ड :
मर्स्याङ्दी नदीको बाढीले चामे क्षेत्रका ३ वटा अस्थायी काठका पुल बगाएको र बगरछापमा ६० मिटर सडक बगाएका कारण लमजुङबाट मनाङतर्फको यातायात पूर्ण ठप्प छ।
कान्ति लोकपथ सडक :
पहिरोका कारण कान्ति लोकपथ र भैंसे९भीमफेदी९कुलेखानी सडकखण्डमा रात्रिकालीन यातायात पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। सवारी साधनहरू बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र चल्न पाउने र बेलुका ७ बजेपछि सडक पूर्ण बन्द रहने गरेको छ।
पृथ्वी राजमार्ग नागढुङ्गा–मुग्लिन सडकखण्ड :
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यो मुख्य लाइफलाइन हाल दुईतर्फी खुला त गरिएको छ, तर धादिङको कृष्णभिर, जौवाङ खोला, खहरे खोला र फिस्लिङ जस्ता दर्जनौँ स्थानमा पहिरोको उच्च जोखिम रहेकाले यात्रा निकै सुस्त र जोखिमपूर्ण छ। सडक धस्सिएका कारण सवारी साधनहरू घन्टौंसम्म जाममा पर्ने गरेका छन्।
बीपी राजमार्ग धुलीखेल–सिन्धुली–बर्दिवास सडकखण्ड :
रोशी खोलाको बाढीले काभ्रे र सिन्धुलीको सिमानामा सडक बगाएपछि यो मार्गमा नेपाली सेना र सडक विभागले कठीन रूपमा डाइभर्सन बनाएर ुआंशिक र साना गाडीु मात्र चल्ने गरी खुलाएका मामती, पिप्ले, चारसयबेसीं र चौकीडाँडा सडक
खण्डमा अझै पनि ठूला बस र ट्रक लैजान निषेध छ।
मध्यपहाडी लोकमार्ग बागलुङ–निसीखोला सडकखण्ड :
बागलुङ र पर्वत क्षेत्रमा पहिरोका कारण यो राजमार्ग कतिपय ठाउँमा एकतर्फी मात्र सञ्चालनमा छ।
तराई र पूर्वी नेपाल :
पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र सिद्धार्थ राजमार्ग सामान्य रुपमा सुचारु रहेको छ । यद्यपि, पूर्व९पश्चिम राजमार्गको नारायणगढ९बुटवल ९दाउन्ने खण्ड० मा सडक विस्तारको काम जारी रहेकाले धुलो र खाल्डाखुल्डीको कारण यात्रा अवधि लामो हुने गरेको छ।
सडक विभागका महानिर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँको फूलपाती ९अक्टोबर १७० अगावै अवरुद्ध भएका मुख्य सडकहरूमा (अस्थायी बेलिब्रिजु र डाइभर्सन) राखेर भए पनि यातायात सुचारु गर्ने गरी द्रुत गतिमा काम भइरहेको जनाएका छन्।
रामकुमार राई
