रतन भण्डारी

सुप्रसिद्ध गायिका तथा स्वर किन्नरी तारादेवीको वास्तविक नाम डोलकुमारी कार्की हो।
विसं २००२ साल माघ २ गते काठमाडौंको इन्द्रचोकमा जन्मिएकी तारादेवी पिता कृष्णबहादुर कार्की र माता राधादेवीकी सुपुत्री हुन्।
तारादेवीको शिवबहादुर श्रेष्ठसँग विसं २०२२ सालमा प्रेमविवाह भएको थियो। उनका पति शिवबहादुर विमानचालक थिए। शिवबहादुर र तारादेवीका एक छोरी चारु तथा दुई छोरा शशि र रवि थिए।
तारादेवीका छोरा शशिको २०५१ साल वैशाखमा क्यान्सरका कारण र पति शिवबहादुरको २०५५ सालमा हवाई दुर्घटनामा निधन भएको थियो।
जागिर खोसिएको चार वर्षपछि छोरा गुमाउनु र त्यसको अर्को चार वर्षपछि पति गुमाउनु तारादेवीका जीवनका अत्यन्त पीडादायी घटनाहरू थिए। ती पीडाहरूबीच पनि उनले २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा गीत गाएकी थिइन्।
नेपाली गीतसङ्गीतमा चार दशकदेखि साधनारत तारादेवीले नेपाली गीतसङ्गीतको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएकी थिइन्।
जीवनको पछिल्लो चरणमा पार्किन्सन रोगबाट पीडित तारादेवीको २०६२ साल माघ १२ गते ६० वर्षको उमेरमा निधन भएको थियो।
लेखक जलस्रोत, इतिहास र सीमासन्धिबारे विज्ञ हुनुहुन्छ ।
