दशैंका लागि डोल्पाबाट भेडा च्याङ्ग्रा बेच्नका लागि ल्याइँदै ।


जुम्ला,२३ असोजः
दसैँ,तिहार पर्व नजिकिँएसँगै जुम्लाको गाउँहरुबाट बिक्रीका लागि सदरमुकाम खलङ्गा बजारमा ल्याएका भेडा । तस्बिरः विजय रावत/रासस

भेडा च्याङ्ग्रा
जोमसोम हुँदै बेसी ल्याइएका मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-३, छुसाङका भेडा च्याङ्ग्रा। तस्बिरः सुन्दरकुमार थकाली/रासस

दसैं पर्वका लागि बिक्री गर्न डोल्पाबाट म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा ल्याइएका भेडाच्याङ्ग्रा । दसैँ नजिकिँदै गर्दा डोल्पा, मुगु, मुस्ताङका किसान र व्यापारीहरुले म्याग्दी हँुदै देशका विभिन्न ठाउँमा लैजाने भेडाच्याङग्रा ल्याउन थालेका छन् । तस्बिरः सन्तोष गौतम/रासस

अर्घाखाँची, २२ असोजः
अर्घाखाँचीको मालारानी-३ खनदहमा जिउँदो खसी, बोका तौल र बजारीकरणका लागि किसानले ल्याएका बोकाहरु । मालारानी गाउँपालिकाका कृषक खसीबोका उत्पादनसँगै सामूहिक बजारीकरणतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले बाख्रापालनबाट उत्पादन हुने खसीबोकाको बजारीकरणमा प्रतिकेजी रु ३० अनुदान प्राप्त हुने भएपछि यहाँ कृषक बाख्रापालनप्रति थप उत्साहित भएका हुन् । कृषकले उत्पादन गरेको खसीबोका बिक्री गर्दा वास्तविक जिउँदो तौलका आधारमा मूल्य प्राप्त गर्ने, गाउँमै व्यापारी पुग्ने र पालिकाबाट थप अनुदानसमेत प्राप्त हुने भएपछि बाख्रापालनलाई राम्रो आम्दानीको भरपर्दो माध्यम बनाउन सकिने किसान बताउँछन् तस्बिरः प्रेमनारायण आचार्य/रासस
