न्युयोर्कमा २०२६ सीएफडीए फेसन अवार्ड्स
रामकुमार राई
न्युयोर्क, कात्तिक १७ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित प्रसिद्ध द अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा २०२६ सीएफडीए फेसन अवार्ड्स भव्य रूपमा सम्पन्न भएको छ।
फेसन डिजाइनरहरूको राष्ट्रिय परिषदद्वारा आयोजित यस प्रतिष्ठित कार्यक्रममा विभिन्न क्षेत्रका ख्यातिप्राप्त कलाकार तथा फेसन आइकनहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको एक मुख्य आकर्षणको रूपमा प्रसिद्ध हलिउड अभिनेत्री डेमी मूरले रेड कार्पेटमा प्रवेश गरेकी थिइन्।
उनको यो आकर्षक र फेसनदार उपस्थितिले कार्यक्रममा उपस्थित सबैको ध्यान खिचेको थियो। यस फेसन अवार्ड्सले यस वर्ष पनि फेसन उद्योगका उत्कृष्ट प्रतिभा र सिर्जनाहरूलाई सम्मान गर्दै विश्वभरिका फेसनप्रेमीहरूको ध्यान केन्द्रित गर्न सफल भएको छ।
एजेन्सीकाे सहायाेगमा
