लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी काठमाडौं,१७ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मङ्गलबार दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी। तस्बिर÷ घनश्याम श्रेष्ठ÷रासस
काठमाडौँ, १७ कात्तिकः
नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।
जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ ।
उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । पोखरा भने अहिलेसम्म जितविहीन छ । उसले दुई खेल खेल्दा जित निकाल्न नसकेको हो । पोखरा आज लुम्बिनीलाई हराएर पहिलो जित दर्ता गर्ने योजनामा छ । आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले २ रनको रोमाञ्चक जित निकालेको थियो । जारी संस्करणको एनपिएलमा पनि आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले रु एक करोड ५० लाख पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ ।
