रतन भण्डारी

धेरैलाई थाहा नहुन सक्छ सुधारवादी राणा प्रधानमन्त्रीकी माइली पत्नीका बारेमा । माथि तस्वीरमा देखिएकी नारी हुन् देवशमशेरकी माहिली पत्नी कृष्णकुमारी ।
इतिहासकार पुरुषोत्तमशमशेरका अनुसार जेठी पत्नी कर्मकुमारीको निधनपछि देवशमशेरले युवराज त्रैलोक्यकी छोरी कृष्णकुमारीसँग दोस्रो विवाह गरेका थिए । यसर्थ कृष्णकुमारी राजपरिवारकी शाहज्यादी राजकुमारी थिइन् ।
कतिपयले देवशमशेरकी जेठी पत्नी कर्मकुमारीको माइती रुकुम भन्ने गरेका छन्, तर कर्मकुमारीको माइती अछाम थियो ।
इतिहासकार तेजबहादुर शाहका अनुसार कर्मकुमारी ठकुरीकी छोरी नभई वयक क्षेत्रीकी छोरी थिइन ।
सुधारवादी देवशमशेरले प्रधानमन्त्री भएर ११४ दिन मात्रै काम गर्न पाए । १९५८ असार १३ गते भाइ चन्द्रशमशेरले षड्यन्त्र गरी सेतो दरबारमा बन्दुक ताकेर राजीनामा लेख्न लगाई सत्ताच्युत गरे ।
त्यही दिन म्यानामा राखेर धुलिखेलको बाटो धनकुटा धपाए । धनकुटामा बस्दा सुत्केरी अवस्थाकी यिनै पत्नी कृष्णकुमारीलाई छोडेर इलाम गए।
त्यहाँबाट दार्जिलिङ पुगेर भारतमा शरण लिए र अन्तमा मसुरीको झरीपानी गएर बसे । झरिपानीमा उनले कोठार स्टेटकी राजकुमारी शारदासँग तेस्रो विहे गरेका थिए ।
लेखक इतिहास, नेपालको सीमाना र जलस्रोत विषयका विज्ञ हुनुहुन्छ ।
