Belashpur, BatukBhairav
दैलेख, भाद्र २० ।
ऐतिहासिक विवरण अनुसार शाके संवत् १३१८ ९विक्रम संवत् १४५३० मा मलै बम्मका कान्छा पुत्र संसारी बम्मले दैलेख राज्यको स्थापना गरेका थिए। तत्पश्चात् संसारी बम्मका छोरा श्री बर्माले शाके संवत् १३४० ९विक्रम संवत् १४७५० मा बेलासपुर राज्य स्थापना गरी त्यहाँका प्रथम नायक बने।
उनले दरबारभित्र कुलदेवताका रूपमा अष्टधातुको विशाल बटुक भैरवको मूर्ति स्थापना गरेका थिए। त्यसपछि राजा जितारी बम्म, शक्ति बम्म, बजुर बम्म, सुपी बम्म, शक्ति सुधार शाही, र प्रताप शाही प्रथमजस्ता राजाहरूले बेलासपुरमा शासन गरे। बेलासपुर राज्यका अन्तिम राजा कर्ण शाही थिए।
विक्रम संवत् २०६५ मा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीको पहल तथा कर्ण शाहीका आठौँ पुस्ताका भूपेन्द्र शाहीको अध्यक्षतामा मन्दिर निर्माण र वैदिक विधि अनुसार बटुक भैरवको मूर्ति पुनः प्राणप्रतिष्ठा गरी स्थापना गरिएको इतिहास यहाँ उल्लेख छ।
