No fertilizer
काठमाडौँ, भदौ २१। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएको दावी गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिमाणमा लाभान्वित भएका भनिएको छ ।
सरकारी तथ्यांकमा कृषक लाभान्वित भएतापनि वास्तविक जीवनमा भने कृषकहरु कृषिको समयमा मल समेत नपाई भौतारिन बाध्य नै छन्।
सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने बृहत् राष्ट्रिय कार्यक्रमअन्तर्गत रु ३९ अर्ब ५८ करोड खर्च गरिएकामा आंशिक र पूर्ण गरी २३ लाख ८३ हजार १८४ जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डा जितबहादुर चन्दले जानकारी दिनुभयो ।
दश वर्षका लागि तयार पारिएको परियोजनाका लागि रु एक खर्ब ३० अर्बको परियोजना तयारी गरिएकामा रु ५६ अर्ब ३५ करोड विनियोजन गरिएको अर्थात् प्रक्षेपित रकमको ४४ प्रतिशतमात्र रकम प्राप्त भएको छ ।
तर सरकारी तथ्याङ्कको स्वतन्त्र मूल्यांकन गर्ने परिपाटी भने छैन ।
