प्रख्यात लेखक एम. जोन ह्यारिसन
काठमाडाै, कात्तिक २४ ।
बेलायतको प्रतिष्ठित बुकर पुरस्कार २०२६ यस वर्ष प्रख्यात लेखक एम. जोन ह्यारिसनले जितेका छन्।
उनले आफ्नो चर्चित कृति “द एन्ड अफ एभ्रीथिङ” (The End of Everything) का लागि यो गौरवशाली पुरस्कार प्राप्त गरेका हुन्। लन्डनको ओल्ड बिलिङ्सगेटमा मंगलबार आयोजित एक विशेष समारोहका बीच उनले ट्रफी ग्रहण गरेका हुन्।
हरेक वर्ष अंग्रेजी भाषामा लेखिएर बेलायत वा आयरल्यान्डमा प्रकाशित हुने उत्कृष्ट उपन्यासलाई प्रदान गरिने यस पुरस्कारको घोषणासँगै साहित्य क्षेत्रमा ह्यारिसनको यो कृति फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ।
उनको यस उपन्यासले कथा भन्ने शैली र गहिरो दार्शनिक विषयवस्तुका कारण समीक्षक तथा पाठकहरूबाट उच्च प्रशंसा बटुलिरहेको छ।
बुकर पुरस्कार समितिका निर्णायकहरूले यस वर्षको कृतिले समकालीन समाज, मानवीय संवेदना र भविष्यका चुनौतीहरूलाई अत्यन्तै सशक्त ढङ्गले प्रस्तुत गरेको बताएका छन्।
विश्व साहित्य जगतमा अत्यन्तै प्रतिष्ठित मानिने यस पुरस्कारको राशि र यसले पार्ने प्रभावले लेखक तथा उनीहरूको सिर्जनालाई अन्तर्राष्ट्रियस्तरमा अझ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
एजेन्सीकाे सहयाेग
