काठमाडौं, मंसिर २। सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि नेपाल सरकारलाई बोलाएको छ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आज उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि विपक्षी नेपाल सरकारलाई उपस्थित हुन आदेश दिएको हो।
सर्वोच्च अदालतमा दर्ता भएको उत्प्रेषणसम्बन्धी उक्त रिटको दर्ता नम्बर ०८३-WO-०४९४ रहेको छ। रिटमा दानबहादुर कार्की निवेदक छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नेपाल सरकारका चार निकायलाई विपक्षी बनाइएको छ।
अदालतको मुद्दा विवरणमा उक्त मुद्दाको आदेशसम्बन्धी कैफियतमा ‘कारण देखाउ आदेश र अ.आ. छलफल’ उल्लेख छ।
अन्तरिम आदेश बारे छलफलका लागि मात्र अदालतले प्रक्रिया अघि बढाएको हो।
