विश्व भाराेत्ताेलन च्याम्पियनसिप

रामकुमार राई
चच्याङ्, कात्तिक १६ ।
चीनको चच्याङ प्रान्तस्थित निङ्बो सहरमा जारी सन् २०२६ को अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (IWF) विश्व च्याम्पियनसिपअन्तर्गत महिला ६१ केजी तौल समूहमा चीनकी खेलाडी पेई सिनयीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी छिन्। प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धामा चीनकै अर्की खेलाडी याङ लियुयुएले रजत पदक जितेकी छिन् भने उत्तर कोरियाकी खेलाडी पाक जिन हेले कांस्य पदक प्राप्त गरेकी छिन्।
नोभेम्बर १, २०२६ का दिन आयोजित यस प्रतियोगितामा घरेलु मैदान र दर्शकहरूको गतिलो साथ पाएकी २१ वर्षीया चिनियाँ खेलाडी पेई सिनयीले स्न्याच र क्लिन एन्ड जर्क दुवै विधामा उत्कृष्ट लय प्रस्तुत गरिन्।
उनले स्न्याचतर्फ ११२ केजी र क्लिन एन्ड जर्कतर्फ १४२ केजी भार बहन गर्दै कुल २५४ केजीको उत्कृष्ट नतिजा निकालिन्। उनको यस सानदार प्रदर्शनले खेलप्रेमीहरूलाई निकै उत्साहित बनाएको थियो भने यसले सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि पहिलो छनोट चरणमा चीनलाई एकै इभेन्टमा पहिलो र दोस्रो स्थान हासिल गराउन सफल भयो।
पदक वितरण समारोहका दौरान कुलतर्फकी स्वर्ण पदक विजेता पेई सिनयी बीचमा, रजत पदक विजेता याङ लियुयुए बायाँतर्फ र कांस्य पदक विजेता उत्तर कोरियाली खेलाडी पाक जिन हे मञ्चमा खुसी साट्दै तस्बिर खिचाएका थिए।
स्थानीय दर्शकहरूको उच्च हौसला र आफ्नै परिवारको समर्थनका कारण आफूले दबाबका बाबजुद पनि उत्कृष्ट प्रदर्शन गर्न सकेको विजेता पेईले प्रतिक्रिया दिएकी छिन्।
एजेन्सीकाे सहयाेगमा
