रतन भण्डारी

चन्द्रशमशेरकी दोस्री पत्नी बालकुमारी जाजरकोटका राजा हरीविक्रम शाहकी छोरी थिइन।
चन्द्रशमशेरका बालकुमारीतिरका जेठा छोरा विष्णुशमशेर हुन्, जसलाई ‘बाबाहजुर’ भनिन्थ्यो। माहिला छोरा शंकरशमशेर हुन्, जसलाई ‘ज्ञानीहजुर’ भनिन्थ्यो। कान्छा छोरा मदनशमशेर हुन्, जसलाई ‘हजुरहजुर’ भनिन्थ्यो।
बालकुमारीतिरबाट चन्द्रशमशेरकी एकमात्र छोरी दिव्येश्वरी राज्यलक्ष्मी थिइन, जसको विवाह भारतको बलरामपुरका राजा पाटेश्वरीप्रसाद सिंहसँग भएको थियो।
चन्द्रशमशेरकी जेठी पत्नी लोकभक्तराज्यलक्ष्मीतर्फका छोराहरु भने मोहनशमशेर (प्रधानमन्त्री), बबरशमशेर (कमाण्डर इन चीफ), केशरमशेर (फिल्ड मार्सल), सिंहशमशेर (कमान्डिङ जनरल तथा भारतका लागि नेपाली राजदूत) र कृष्णशमशेर (कमान्डिङ जनरल तथा बेलायतका लागि नेपाली राजदूत) हुन ।
चन्द्रशमशेरकी जेठी पत्नी लोकभक्ततिरकी एउटै छोरी खगराज दिव्येश्वर राज्यलक्ष्मी हुन जसको विवाह बझाङका राजा जयपृथ्वीबहादुर सिंहसँग विवाह भएको थियो।
नाताले जयपृथ्वी र खगदिव्यश्वरी दाजु बहिनी (मामा चेला फुपूचेली) थिए । अर्थात् जयपृथ्वीबहादुर सिंह चन्द्रशमशेरका सहोदर ठूलावुवा जंगबहादुरकी छोरी रुद्रकुमारीतिरका छोरा थिए । यस हिसाबले जयपृथ्वी चन्द्रशमशेरका भान्जा हुन् ।
तर पश्चिमका ठकुरीहरुले मामाचेली विवाह नचालाएपनि कुँवरबाट राणामा पदोन्नति भएपछि राणा कुँवरहरुले समेत मामाचेली विहे (मामाको छोरीसँग विवाह) शुरु गरे । सोही कारण जयपृथ्वी मामा चन्द्रशमशेरकी छोरी विहे गर्न बाध्य भए ।
लेखक इतिहास, नेपालको सीमाना र जलस्रोत विषयका विज्ञ हुनुहुन्छ ।
