रतन भण्डारी

यो तस्वीर हो तत्कालीन राजा श्री ५ त्रिभुवन र महावीरशमशेरको ।
राजा त्रिभुवन र महावीरशमशेरबीच घनिष्ठ मित्रता थियो।
स्वास्थ्य उपचारका लागि कलकत्ता पुगेका बेला राजा त्रिभुवनलाई महावीरशमशेरले गोप्य रुपमा भेटघाट गरेका थिए ।
महावीरशमशेरको त्यतिबेला भारतमा हिमालयन एभिएसन नामक हवाइ कम्पनी थियो ।
उनका आफ्नै हवाइजहाज थिए । २००७ सालको क्रान्तिमा महावीरशमशेरको एयरलाइन्स कम्पनीको समेत सहयोग रहेको थियो ।

