काठमाडौं, भदौ १८ । भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च पाउने भएका छन् । यसैगरी उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक रु १० लाख राहत उपलब्ध गराइने सरकारले निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
