कार्तिक २७, काठमाडौं ।
सर्वोच्च अदालतमा आज चार नयाँ न्यायाधीश नियुक्त हुनुभएको छ । संसदीय सुनुवाइबाट अनुमोदित चार जना न्यायाधीशहरु डा. रत्नबहादुर वागचन्द, चन्द्र बहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उहाँहरुलाई नियुक्त गरिएको जनाएको छ ।
वागचन्द यसअघि उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने सारु उच्च अदालत पाटनमा न्यायाधीशका रुपमा कार्यरत हुनुहुन्थ्यो।
यस्तै पाण्डे उच्च अदालत पाटनको हेटौंडा इजालासमा र डाँगी उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा न्यायाधीशका रुपमा कार्यरत हुनुहुन्थ्यो।

