काठमाडौँ, ११ मङ्सिरः प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को ४४औँ बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित परिषद्को सचिवालयमा सम्पन्न बैठकमा समग्र सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो । बैठकमा शान्ति, सुरक्षा तथा अमनचयन, विपद् प्रतिकार्य तयारी, राष्ट्रिय सुरक्षाजस्ता विषयमा छलफल भएको परिषद्का सदस्यसचिव एवं रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरेले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराउनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
